Saturday, July 24, 2021

आज दिउँसो एक बजे एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं – आज (सोमबार) दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने भएको हाे ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाका अनुसार २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको छ । एमालेका अनुसारसो बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका छन् । एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताइन् । यो महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै उनले आफूहरु बैठकमा नजाने बताएकी हुन् ।

यसैबीच एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष ओलीले गत फागुन २३ गतेपछि एकलौटी रूपमा गरेका निर्णय खारेजी माग गर्दै खनाल–नेपाल समूहले आइतबार निर्वाचन आयोगमा पत्र बुझाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं