गृहपृष्ठ लुम्बिनी महासंघ बर्दिया शाखामा प्रेस युनियनका यादव आचार्य निर्वाचित

महासंघ बर्दिया शाखामा प्रेस युनियनका यादव आचार्य निर्वाचित

प्रकाशित मिति:

बर्दिया–नेपाल पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्ष पदमा प्रेस युनियनका यादव आचार्य निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी भीमबहादुर ठकुरीलाई २६ मतान्तरले पराजित गर्दै ५८ मत मा साथ विजयी भएका हुन्।

यस्तै, उपाध्यक्षमा चिरञ्जीवी भावुक योगी, सचिवमा सन्तोष पौडेल, सहसचिवमा विष्णु प्रसाद अधिकारी ,कोषाध्यक्षमा शीतल थापा निर्वाचित भएका छन्।

यसैबीच, दलित सदस्यमा रावण विक,जनजाती आदिवासी सदस्यमा हरी गुरुङ विजयी भएकाछन्।

अन्य सदस्यमा समावेशीतर्फ टिकाराम चौधरी, सदस्य खुला अनोज थारू, दीपकलाल श्रेष्ठ, दुर्गा आचार्य, सरोज कामत विजयी भएका छन्।

सम्बन्धित् समाचार