गृहपृष्ठ समाचार एशोसियट केन्द्रीय सदस्यमा कार्की र भट्टराई, अध्यक्षमा पराजुली

एशोसियट केन्द्रीय सदस्यमा कार्की र भट्टराई, अध्यक्षमा पराजुली

प्रकाशित मिति:

काठमाडौं–नेपाल पत्रकार महासंघको एशोसियट केन्द्रीय सदस्यमा विकास कार्की र कृति भट्टराई निर्वाचित भएकाछन् । एशोसियट सदस्यका लागि ५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

मत परिणाम अनुसार कार्कीको ३ सय १ मत, भट्टराईको २ सय ७४ मत आएको छ। मतगणनाअनुसार उनीहरुका प्रतिस्पर्धी नेपाल पत्रकार मञ्चका ओमबन्धु कार्कीले २ सय ५७, चलचित्र पत्रकार संघका विष्णु सुवेदीले १ सय ६१ र समीक्षक समाजकी स्मृति ढुंगानाले १ सय ३३ मत पाइन् ।

एशोसियटतर्फ ८ सय ८२ मतदाता रहेकोमा बुधबारको निर्वाचनमा ६ सय ९५ मत खसेको थियो । खसेको मतमध्ये ११ मत बदर भयो ।

यो पनि पढ्नुहोस..  कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

यसैबीच एशोसियट प्रदेशको अध्यक्षमा प्रेस युनियनका बैकुण्ठ पराजुली विजयी भएका छन् । उनले ३ सय ९९ मत ल्याएकाछन् । उनका प्रतिस्पर्धी डीबी खड्काले २ सय ७५ मत पाए । एशोसियट प्रदेशमा अन्य पदमा निर्विरोध चयन भएकोले निर्वाचन भए ।

सम्बन्धित् समाचार