गृहपृष्ठ फोटो फिचर सकियो नेपाल पत्रकार महासंघको निर्वाचन

सकियो नेपाल पत्रकार महासंघको निर्वाचन

प्रकाशित मिति:

काठमाडौं–नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज (बुधबार) निर्वाचन भएको छ। केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो।

केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा थिए। तीमध्ये शर्मा र पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् भने बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।

शर्माको प्यानलमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पत्रकारहरू छन् भने नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन, एमालेको माधवकुमार नेपाल समूह निकट पत्रकार र माओवादी केन्द्रको प्रेस सेन्टरले पोखरेलको नेतृत्वमा प्यानल बनाएका थिए।

यो पनि पढ्नुहोस..  अक्षर चिन्ने दिन (फोटो फिचर)

उपत्यकाका विभिन्न मतदान केन्द्रमा केन्द्रीय पदाधिकारी देखि सदस्यका उमेद्वारहरू पुगे। केन्द्रीय निर्वाचन समितिले मतगणना सुरुभइ आजैबाट परिमाण आउन सुरु गर्ने जनाएको छ।

हेरौं केही तस्विर :

सम्बन्धित् समाचार