गृहपृष्ठ गण्डकी प्रदेश ४ मा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

प्रदेश ४ मा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

प्रकाशित मिति:

गण्डकी प्रदेश – गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले आज अबुधबार राजीनामा दिएका हुन् ।

बुधबारदेखि सुरु भएको गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चुमानले आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिए।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । गण्डकी सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र मन्त्री थापा गरी दुई मन्त्री रहेका थिए । २०७४ फागुन ४ देखि दुवैजना मन्त्री रहँदै आएका थिए ।

यो पनि पढ्नुहोस..  संसद विघटन मेरो बाध्यात्मक गल्ती हो, अब सरकार चलाउन बहुमत नपुग्दा मुलुक निर्वाचनमा जान्छ : प्रधानमन्त्री

बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । यद्यपि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा भने गरेको छैन ।

सम्बन्धित् समाचार