गृहपृष्ठ गण्डकी प्रदेश ४ का माओवादी मन्त्रीले आज राजीनामा दिने

प्रदेश ४ का माओवादी मन्त्रीले आज राजीनामा दिने

प्रदेश ४ का दुई जना मन्त्रीले आज राजीनामा दिने भएका छन् ।

प्रकाशित मिति:

काठमाडौं । प्रदेश ४ का दुई जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । संसदीय दलको बैठकले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि माओवादीबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिने भएका हुन् ।

माओवादीका एक सांसदका अनुसार दुवै मन्त्रीले सम्भवतः आजै राजीनामा दिन सक्ने बताएका छन् । आज बिहानको बैठकले मन्त्रीलाई फिर्ता बोलाउने भन्ने भएको छ । सरकारलाई दिइएको समर्थन भने फिर्ता लिइएको होइन आज नै राजीनामा आउन सक्छ ।

पछिल्लो घटनाक्रमले गर्दा सरकारमा बस्नु उचित नभएकाले दुवैलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाइएको बताइएको छ ।

सम्बन्धित् समाचार