गृहपृष्ठ वित्तीय डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

प्रकाशित मिति:


काठमाडौं– डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन्। एशोसियसनको मंगलबार भरतपुरको कसरा रिसोर्ट, चितवनमा सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले पोखरेलको नेतृत्वमा नौ सदस्सीय समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा सुयोग श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक, सचिवमा बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक, कोषाध्यक्षमा प्रविण बस्नेत, प्रमुख कार्यकारी अधिकृत, कामना सेवा बिकास बैंक छन्।

त्यस्तै सदस्यहरुमा नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक, प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक, श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक, नविन सुवेदी, प्रमुख कार्यकारी अधिकृत, सप्तकोशी डेभलपमेण्ट बैंक र उमेश कुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत, ग्रिन डेभलपमेण्ट बैंक छन्।

यो पनि पढ्नुहोस..  लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

एशोसियसनको पन्ध्रौं वार्षिक साधारण सभाले आ.व. २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७७/०७८ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

जम्मा १५ सदस्य विकास बैँकहरु मध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

अध्यक्ष ढकालले गत आ. व.मा कोभिड १९ ले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थामा धकेलेको भएतापनि सम्बद्ध सबैको प्रयासले बिकास बैंकहरुले ग्राहकहरुका समस्या धेरै हदसम्म सम्बोधन गर्न सफल भएको बताए । आफ्नो कार्यकालमा सहयोग पुर्याउनु भएकोमा सम्बद्ध सबैलाई हार्दिक धन्यवाद पनि ज्ञापन गरे ।

यो पनि पढ्नुहोस..  आइक्यानको वार्षिकोत्सव तथा तेश्रो दिक्षान्त समारोह

नवनिर्वाचित अध्यक्ष पोखरेलले आफुलाई अध्यक्ष पदमा निर्वाचित गर्नुभएको धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए। आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै हुन् ।

९० वटा बिकास बैंक घटेर २० भन्दा तल आउँदा पनि मार्केट शेयरका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गरौ भन्दै वहांले सबै प्रमुख कार्यकारी अधिकृतहरुलाई अनुरोध गरे । अप्ठ्यारो अबस्थामा पनि एसोसियसनलाई सफल्तापूर्वक नेतृत्व प्रदान गर्नु गरेकोमा निर्वतमान अध्यक्ष गोबिन्द ढकाललाई नवनिर्वाचित अध्यक्षले धन्यवाद दिए ।

सम्बन्धित् समाचार