गृहपृष्ठ समाचार रामपुरमा कोभिड अनुदान कार्यक्रम सम्बन्धी युवासँग अन्तर्क्रिया

रामपुरमा कोभिड अनुदान कार्यक्रम सम्बन्धी युवासँग अन्तर्क्रिया

प्रकाशित मिति:

पाल्पा– रामपुर नगरपालिकाको आयोजनामा कोभिड प्रभावित भई वैदेशिक रोजगारीबाट गाउँ फर्केका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदान सम्बन्धी अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरी पाण्डेयले कोभिड प्रभावित कार्यक्रमका सन्दर्भमा जानकारी गराएका थिए । उनले वैदेशिक रोजगारीबाट कोभिडको मारमा फर्केका युवालाई लक्षित गरी गाउँमै बसेर कृषि व्यवसाय गर्न प्रोत्साहन गर्ने गरी कोभिड बिशेष कार्यक्रम नगरपालिकाले संचालन गरेको बताए ।

प्रमुख अतिथि नगर प्रमुख थापाले कोभिडको कारण विदेश पुगेका धेरै युवाको रोजगारी खोसिएर गाउँ फर्केकालाई व्यवसायमा नगरपालिकाले प्रोत्साहन गर्दै अनुदान सहयोग गरेको बताए । नगर प्रमुख थापाले मेहनत गरियो भने सफलता पाईने बताउँदै आगामी आर्थिक वर्ष देखि युवा स्वरोजगार अनुदान कार्यक्रम १२ लाखबाट बढाएर १५ लाख बनाउने योजना रहेकाले कृषिमा केही गर्छु भन्नेका लागि नगरले सहयोग गरिरहेको बताए।

यो पनि पढ्नुहोस..  भारतमा घट्दो क्रममा दैनिक कोराना संक्रमितको संख्या

उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले विदेशमा श्रम र पसिना बगाएर गाउँ फर्केका युवालाई अग्रपंक्तिमा राखेर काम गरिरहेको बताउनुहँुदै कृषि गर्नेलाई नगरले प्रोत्साहनका विभिन्न कार्यक्रम गरिरहेको बताए । आर्थिक विकास समिति सदस्य कमलराज भट्टराईले पशुविज्ञ डाक्टर अभाव हुँदा पशुको औषधि उपचारमा समस्या देखिने गरेको बताए।

पशु सेवा शाखा प्रमुख तुल्सिराम काफ्लेको स्वागतबाट सुरु भएको कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञवालीले कोभिड विशेष कार्यक्रममा छनौटमा परेका कृषकलाई सम्झौता प्रक्रिया बारेमा जानकारी गराउँदै कार्यक्रममा छनौटमा परेका कृषकको नामावली जानकारी दिए।
कार्यक्रमको संचालन कृषि शाखाका प्राबिधिक प्रज्वल केसीले गरेका थिए । कार्यक्रममा छनौटमा परेका कृषकले बंगुर, कखुरा, बाख्रापालन र तरकारी खेती लगायत विभिन्न कृषि कार्य गर्न नगरपालिकाले दिएको सानो अनुदानले मात्रै व्यवसाय सुरु गर्न अप्ठ्यारो परेको बताउनुभएको छ ।

यो पनि पढ्नुहोस..  नक्कली फेसबुक बनाएर चरित्रहत्या गर्ने पक्राउ

कोभिड विशेष अनुदान कार्यक्रम अन्तर्गत २० हजारका दरले अनुदान उपलब्ध गराईने छ । यस आर्थिक वर्षमा ९० जना युवा कोभिड विशेष कार्यक्रममा छनौटमा परेका छन् । बिमा कार्यक्रमका सम्बन्धमा नेपाल बाख्रापालन महासंघका केन्द्रिय उपाध्यक्ष सुर्यप्रसाद रेग्मीले जानकारी दिए कार्यक्रम कृषि शाखाको सभाहलमा चलेको हो ।

सम्बन्धित् समाचार