पाल्पा– रामपुर नगरपालिकामा बुधबार देखि दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
रामपुर नगरपालिकाको आयोजना र रामतुलसी माविको व्यवस्थापनमा हुने रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिवल, दौड बिधातर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ सय मिटर दौड, ट्रिपलजम्प, हाईजम्प, लङ्गजम्प, सटपुट, ज्याभ्लिन थ्रो, कराते खेल हुँदैछ ।
बुधबार र बिहिबार रामतुलसी खेलमैदानमा हुने प्रतीयोगीताको सन्दर्भमा मंगलवार १९ मा.वि तहका विद्यालयका प्रधानाध्यापक, खेल समितिका शिक्षक बिच रामतुलसी माविमा छलफल भएको छ । बैठकको सहजिकरण रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले गरेका थिए।
बुधवार बिहान ९ वजेबाट कार्यक्रम सुरु हुनेछ । प्रतियोगितामा रामपुर नगरपालिकाका भित्रका १९ मावि तहका विद्यालयले मात्रै सहभागिता जनाउन पाउनेछन् । विजेताले यही चैत २७ र २८ गते हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउनेछन् ।