गृहपृष्ठ लुम्बिनी पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु

पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु

प्रकाशित मिति:

पाल्पा–पाल्पाको तानसेन नगरपालिका ७ काजिपौवा स्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ ।

गएराती करिव साढे १२ वजे लु २ च ६३२ नम्बरको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडक देखि करिव २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका ४ बस्ने २० वर्षीय विजय खाम्चा र रिब्दीकोट ४ बस्ने २७ वर्षीय राज थापाको मृत्यु भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।

सम्बन्धित् समाचार