गृहपृष्ठ उद्योग–व्यवसाय गोल्छा ग्रुपले नेपाल विद्युत प्राधिकरणसँग पीपीएका लागि सम्झौता पत्रमा हस्ताक्षर

गोल्छा ग्रुपले नेपाल विद्युत प्राधिकरणसँग पीपीएका लागि सम्झौता पत्रमा हस्ताक्षर

प्रकाशित मिति:

काठमाडौं– गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ ।

यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले आइतबार हस्ताक्षर गरेका हुन्। अध्यक्ष गोल्छाका अनुसार यो आयोजनालाई ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसका अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने गोल्छाको भनाइ छ।

सम्बन्धित् समाचार