गृहपृष्ठ स्वास्थ्य कोभिड सम्बन्धी केही जिज्ञासा र समाधान

कोभिड सम्बन्धी केही जिज्ञासा र समाधान

प्रकाशित मिति:

– डा.जागेश्वर गौतम (प्रवक्ता स्वास्थ्य मन्त्रालय)

काखे बालबालिकाको कोभिड जाँच गर्न मिल्छ कि मिल्दैन ?

काखे बालबालिकाको कोभिड जाँच गर्न मिल्छ । यो नियम सबै उमेर समूहका लागि एउटै हो । कोभिड परिक्षणबाट मात्र कोरोना लागे नलागेको पत्ता लाग्छ ।

आइसोलेसनमा बसेको बेला चिढचिडाहटपन बढी हुन्छ, यो सामान्य हो कि असामान्य हो ?

आइसोलेसनमा बस्दा मानिसको दिनचर्या, क्रियाकलाप परिवर्तन हुन्छ, सामाजिक जीवनशैलीबाट फरक दैनिकी अपनाउँदा जो कोहीलाई सहज लाग्दैन । आइसोलेसनमा बस्नु कसैको रहर नभइ बाध्यात्मक परिस्थिति हो । आइसोलेसनमा बस्नु भनेको अरुलाई रोग सार्न नदिन सुरक्षित बस्नु पनि हो । यस्तो बेला आफू विरामी छु, भनेर सोंच्दा चिढचिडाहटपन हुनसक्छ । तसर्थ आइसोलेसनमा बस्दा संभव भएसम्म व्यस्त रहने कोशिश गर्नुपर्दछ । आइसोलेसनमा बस्दा ध्यान, योगा लगायत मनलाई एकाग्र राख्नुपर्दछ । आफूलाई असहज लागेको अवस्था चिकित्सकसँग परामर्श लिनुपर्दछ ।

यो पनि पढ्नुहोस..  ‘हेल्थ डेस्क’ मार्फत सीमामा एन्टिजेन परीक्षण

कोभिड पोजिटिभलाई नियमित स्वास्थ्य जाँचमा जानु पर्दा के गर्ने ?

कोभिड पोजेटिभ भएको १० दिनसम्म आइसोलेसनमा जनस्वास्थ्यका मापदण्ड अपनाएर बाहिर निस्कन मिल्छ तर संक्रमित व्याक्ति दीर्घरोगी हुनुहुन्छ र यहीबीचमा फ्लोअपमा जानुपरेमा आफ्नो चिकित्सकसँग फोन मार्फत उहाँको सल्लाह बमोजिम औषधि उपचार गराउने र अस्पताल जानुपर्ने भएमा चिकित्सकको सल्लाहामा नेपाल सरकारले तोकेको कोरोना अस्पतालमा गएर उपचार गर्ने । यो बेलामा पनि स्वास्थ्य मापदण्डका उपाय अवलम्बन गर्नुपर्दछ ।
(स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङबाट)

सम्बन्धित् समाचार