गृहपृष्ठ स्वास्थ्य ‘भेरोसेल खोप’ अब अत्यावश्यक सेवामा खट्ने र चीनको सम्पर्कमा रहेकाले लगाउन पाउने

‘भेरोसेल खोप’ अब अत्यावश्यक सेवामा खट्ने र चीनको सम्पर्कमा रहेकाले लगाउन पाउने

प्रकाशित मिति:

काठमाडौं– सरकारले चीनबाट अनुदानमा ल्याएको कोभिड विरुद्धको ‘भेरोसेल खोप’ ४० वर्ष माथिका नागरिकलाई लगाउने पुरानो तयारी परिवर्तन गरेको संकेत गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्मा यो खोप अत्यवाश्यक र चीनसँग सम्पर्कमा रहने व्याक्तिलाई दिइने योजना सुनाए ।

‘चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल खोप’ आउँदो २५ गते देखि काठमाडौं उपत्यकाका तोकिएका अस्पतालमा दिने व्यवस्था मिलाइएको छ’ उनले भने, ‘उक्त खोप अत्यावश्यक सेवामा खटिएका व्याक्ति, चीन सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरू, हिमालयपार व्यापारमा संलग्न व्याक्ति र चीनमा अध्ययन गर्न जाने व्याक्तिहरूलाई खोप दिइने छ ।’

सम्बन्धित् समाचार