गृहपृष्ठ अर्थ नागरिक लगानी कोषको कुल १७.८९४७ प्रतिशत लाभांश घोषणा

नागरिक लगानी कोषको कुल १७.८९४७ प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति:

काठमाडौं । नागरिक लगानी कोष Citizen Investment Trust ले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६ / ७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतले हुन् आउने २७ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ८.८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो पनि पढ्नुहोस..  गोइत समूहले लियो लाहान घटनाको जिम्मा

उक्त प्रस्ताव नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले आर्थिक वर्ष ७५ / ७६ को मुनाफाबाट २२ प्रतिशत बोनस र १.१६ प्रतिशत नगद लाभांश बितरण गरेको थियो ।

सम्बन्धित् समाचार