गृहपृष्ठ स्वास्थ्य सगुनको उपचारको लागि याचना

सगुनको उपचारको लागि याचना

प्रकाशित मिति:

काठमाडौं– लामो समय देखि एप्लास्टिक एनिमियाबाट पीडित दाङ राप्ती नगरपालिका वडा नं ८ का २१ वर्षिय सगुन गुरुङको परिवारले सहयोगको याचना गरेको छ।

गत फागुन ६ देखि मिनभवन स्थित सिभिल अस्पतालमा उपचाररत सगुनको अहिले हाइ डिपेन्डेन्सी युनिट (एचडीपी) मा राखेर उपचार भइरहेको छ। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको बोन म्यारो ट्रान्स्प्लान्ट गर्नुपर्ने तर आन्द्रामा समस्या देखिएको र रगत जति चढाउँदा पनि काम नगर्ने अवस्था आएको छ।

आफ्नो आर्थिक अवस्था एकदमै कमजोर भएको र भएको सम्पत्ति पनि उपचार गर्दा सकिसकिएको भन्दै परिवारले सहयोगको याचना गरेकोछ।

यो पनि पढ्नुहोस..  नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव

उनलाई सहयोग गर्न इच्छुकले उल्लेखित बैंक खाता तथा इसेवामा सहयोग रकम जम्मा गर्न सकिनेछ ।

जगत बहादुर गुरुङ
एनआइसी एसिया
सिसहनिया, शाखा
खाता नं : L287965881652401 NPR
इसेवा : अमन रौनियार ९८४००७४२५६

सम्बन्धित् समाचार