गृहपृष्ठ कृषि रामपुरमा चैते धान रोपाई सुरु

रामपुरमा चैते धान रोपाई सुरु

प्रकाशित मिति:

पाल्पा–रामपुर नगरपालिकामा चैते धान रोपाई सुरु गरिएको छ । चैते धान पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान खेतमा तीन सय रोपनी भन्दा बढी क्षेत्रफलमा धान रोपिदैँछ । शुक्रवार वडमान खेतमा अन्र्तक्रिया तथा रोपाई शुभारम्भ कार्यक्रम गरिएको छ ।

तल्लो वडभान कृषक समूह रामपुर नगरपालिका वडा नं ४ पाल्पाको आयोजना तथा रामपुर नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले पछिल्लो समय चैते धान लगाउने कृषक कम हुदै गएको बखत बडमानका कृषकले निरन्तर रूपमा खेति गर्दै आएको बताइन् ।

यो पनि पढ्नुहोस..  रामपुरमा चौथो ईस्लामपुर कप क्रिकेट प्रतियोगिता सुरु

तल्लो वडमान क्षेत्रमा बिगत वर्षदेखि चैते धान खेतिमा पकेट कार्यक्रम संचालन भएको छ । यसवर्ष तीन सय दुई रोपनी क्षेत्रफलमा नगरपालिकाको सहयोगमा पकेट कार्यक्रममार्फत धान रोपाई गर्ने कार्यक्रम अनुसार कृषकले रोपाई थालनी गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए।

चैते धान रोपाई कार्यमा कृषक उत्साहजनक रूपमा लागेका छन् । कार्यक्रमका अवसरमा रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने, वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपाली लगायतले बोल्दै परम्परा देखि गरिदै आएका खेतीलाई संरक्षण गर्दै खेती गरेकोमा कृषकलाई धन्यवाद दिएका थिए।

यो पनि पढ्नुहोस..  कोरोना बिमा रकम हस्तान्तरण

पकेट समूहमा ३० जना कृषक आवद्ध छन् ।

सम्बन्धित् समाचार