गृहपृष्ठ प्रदेश २ महोत्तरीबाट बेपत्ता भएकाहरु ७ जना किशोरीहरु भारतको सितामढीमा फेला

महोत्तरीबाट बेपत्ता भएकाहरु ७ जना किशोरीहरु भारतको सितामढीमा फेला

महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला

प्रकाशित मिति:

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए ।

सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको भंगाहा नगरपालिकाका प्रमुख साहले बताएका छन् ।

प्रमुख साहले सितामढीमा फेला परेका बालिकालाई ल्याउन आफैं त्यसतर्फ गइरहेको बताएका छन् । बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन ।

यो पनि पढ्नुहोस..  भारतमा कोरोना संक्रमण तीव्र, स्वदेश फर्कीदै नेपाली

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार,उनीहरुलाई ल्याउन प्रमुख साह नेतृत्वमा टोली गइरहेको र भारतसम्म पुर्याउन कसले समन्वय गर्यो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार