गृहपृष्ठ अर्थ गत वर्ष राजस्वमा टेलिकमको ३५ अर्ब भन्दा बढी योगदान

गत वर्ष राजस्वमा टेलिकमको ३५ अर्ब भन्दा बढी योगदान

प्रकाशित मिति:

काठमाडौं–नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले कोरोना महामारीको समयमा कोरोना राहत कोषमा कम्पनीको तर्फबाट रु. १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी जम्मा १२ करोड योगदान गरेको जनाएको छ।

करोना कोषमा कम्पनीले टपअपमा प्रदान गरेको शत प्रतिशत वोनस, जिरो व्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए।

उनले आर्थिक वषै ०७६/७७ को अवधिमा सरकारी राजस्वमा ३५ अर्ब रुपैयाँ भन्दा बढी योगदान गरेको जानकारी दिए।

यो पनि पढ्नुहोस..  प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

“दूरसञ्चार सेवालाई आर्थिक विकासको संवाहकको रूपमा स्वीकार गरिएको सन्दर्भमा कम्पनीले कर राजस्व संकलन, डिजिटल डिभाइड न्यूनीकरण, डिजिटल साक्षरता विस्तार, विद्युतीय सरकारको अवधारणा साकार पार्न लाग्नुको साथै ज्ञानमा आधारित समाज निर्माणको माध्यमबाट राष्ट्र निर्माणमा अतुलनीय योगदान पु¥याउँदै आएको छ ।’ अध्यक्ष बस्यालले भने, ‘मूलतः कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको तथ्य म यहाँहरूलाई स्मरण गराउन चाहन्छु यसका साथै आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैह्रकर वापत सरकारी राजस्वमा ३५ अर्ब ५ करोड रुपैयाँ बुझाउन कम्पनी सफल भएको छ ।”

यो पनि पढ्नुहोस..  लकडाउनमा कर्णालीको आलुको माग बढ्यो

अध्यक्ष बस्यालका अनुसार टेलिकमले महामारीको अवस्थामा मुलुकको शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गरी शैक्षिक संस्थाहरूमा किफायती मूल्यमा वैकल्पिक शिक्षा प्रणाली अगाडि बढाउन नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक र पाठशाला सीयूजी सिम उपलब्ध गराएको छ ।

सम्बन्धित् समाचार