गृहपृष्ठ वित्तीय सिभिल बैंकले सातै प्रदेशमा विविध वित्तिय साक्षरता कार्यक्रमको आयोजना गर्दै “ग्लोबल मनी विक” मनाउने

सिभिल बैंकले सातै प्रदेशमा विविध वित्तिय साक्षरता कार्यक्रमको आयोजना गर्दै “ग्लोबल मनी विक” मनाउने

प्रकाशित मिति:

काठमाडौं–सिभिल बैंकले “ग्लोबल मनी विक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जनाएको छ ।

जस अनुसार चैत्र ९ मा प्रदेश नं १ मा अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने, चैत्र १० मा प्रदेश नं २मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी गर्ने, चैत्र ११ मा बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने बैंकले जनाएको छ।

यो पनि पढ्नुहोस..  सेयर बजारमा नयाँ रेकर्ड, लघुवित्त समूह उर्लियो

त्यस्तै बैंकले चैत्र १२ मा गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गर्ने, चैत्र १३ मा लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम गर्ने, चैत्र १४ मा कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने र चैत्र १५ मा सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गर्नेछ।

वित्तिय साक्षरता कार्यक्रमहरुमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुति गरिने बैंकले जनाएको छ । साथै बैंकले आफ्नो सामाजिक संजालमार्पmत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना रहेको बताएकोछ ।

सम्बन्धित् समाचार