गृहपृष्ठ अन्तर्वार्ता विद्यालयलाई सूचना प्रविधिको प्रयोगबाट कसैले पनि रोक्न सक्दैन : निर्देशक घिमिरे

विद्यालयलाई सूचना प्रविधिको प्रयोगबाट कसैले पनि रोक्न सक्दैन : निर्देशक घिमिरे

प्रकाशित मिति:

सरकारले शिक्षा क्षेत्रका आफ्नो लगानी बढाउँदै आएको छ। पछिल्लो समय विद्यालयको पहुँचमा पुग्ने बालबालिकाको संख्या बढ्दै गएपनि शिक्षाको गुणस्तरमा सुधार नभएका कुराहरू बहसको विषय बनिरहेकाछन् ।

शिक्षा क्षेत्रको अनुसन्धानको अवस्था, त्यसको कार्यान्वयनको अवस्था कस्तो छ ? समग्रमा अहिले हाम्रो शिक्षाको अवस्था कस्तो छ ? भन्ने सन्दर्भ भित्र रहेर कविता शर्माले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अनुसन्धान तथा गुणस्तर सुधार शाखाका निर्देशक गिता घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ समेटेका छौं।

यहाँको शाखाले कस्ता कस्ता काम गर्दै आएको छ ?

शाखाका मुख्य काम छन्, जसमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, बहु शिक्षा बहुस्तर भनेर तीन वटा कार्यक्रम छन् । अनुसन्धानका काम एकद्वार पद्धतिबाट गर्ने भनेर सेयर इटले गरिरहेको छ।

यहाँ विभिन्न समयमा विभिन्न जिल्लामा सफल जिल्ला शिक्षा अधिकारीको रुपमा पनि काम गर्नुभएको छ, आफ्नै उपलब्धीलाई फर्किएर हेर्दा कस्तो लाग्छ ?

म आफैले सफल भएको ठान्दिन, किनकी जब म खाली समय हुँदा घर, कार्यालय बाहिर जान्छु, अहिले पनि स्कूल जानुपर्ने उमेरका बच्चाहरू स्कूल नगएको देख्छु, तिनीहरूलाई देख्ला लाग्छ, यो बच्चा कहिले स्कूल जानु, कहिले भविश्य बनाउनु, स्कूल नजाँदासम्म त्यो बच्चाको भविश्य अन्धकार छ, त्यसबेला एकदमै पीडा महसुस हुन्छ । त्यही भएर पनि म स्कूलमा जानुपर्ने बच्चा बाहिर रहँदासम्म म आफू यस क्षेत्रमा सफल भएको महसुस गर्न सक्दिन ।

यहाँ शैक्षिक क्षेत्रको अनुसन्धान कार्यलाई पनि नजिकबाट हेर्दै आउनुभएको छ, शैक्षिक क्षेत्र सुधारका प्रयासलाई कति प्रभावकारी देख्नुभएको छ ?

विगतलाई हेर्दा अहिले धेरै सुधारका काम भएकाछन् । हामी कोरोना महामारीको समयलाई पनि उदाहरणको रुपमा हेर्न सक्छौं, यसले शैक्षिक क्यालेन्डरलाई पनि नराम्रोसँग असर पुर्यायो तर पनि यसलाई हामीले सिकाइको रुपमा लियौं।

यो समयमा हामीले पाउन भन्दा धेरै गुमायौं तर यो हाम्रो नियन्त्रण भन्दा बाहिरको विषय भएको हुनाले पनि अफठ्याराहरू थिए तर पनि शैक्षिक ह्रास हुनबाट जोगाउन अनलाइन कक्षाहरू सञ्चालन गर्यौं, अहिले पनि हामीले ११९ भन्दा बढी भिजुअल कक्षाहरू सञ्चालन गरिरहेका छौं, त्यसबाट पनि हामीले यसलाई अवसरको रुपमा लिएर प्रभावकारी काम गरिरहेका छौं भन्ने लाग्छ तर त्यसको मापन बेगर कति प्रभावकारी छ भन्न सकिने अवस्था छ, यसको लागि अनुसन्धान हुँदै जाला ।

यो पनि पढ्नुहोस..  हिसाब बुझाउनु नपर्ने राजनीति

अनलाइन कक्षाको कुरा गर्नुभयो, तर विभिन्न कारणले इन्टरनेटको पहुँच सबैमा छैन, यसको फाइदा विद्यार्थीले लिन सके होलान् ?

सोंचे जति त नभएकै हो । तर हिजोसम्म यो विधीबाट पढाउन सकिन्छ भन्ने कुरामा सोंचिएको पनि थिएन । म यस क्षेत्रमा २७ वर्ष देखि काम गर्दै आइरहेको छु। प्रविधिले विश्वलाई एउटा कोठामा सिमित पारेको छ भन्ने सुनेको सम्म थिएँ तर त्यसको अनुभव र प्रयोग अहिले गर्न पायौं ।

अहिले कक्षामा नगएर पनि अनलाइनबाट पढाउन सक्ने, विद्यार्थीले सिक्ने गर्न सक्दा रहेछन् भन्ने कुरा प्रमाणित भयो । तर यसको कार्यान्वयनमा धेरै अफ्ठ्याराहरू छन् । समस्यालाई सामाधानको रुपमा नलैजाँदा सम्म यो कहिल्यै समाधान हुन सक्दैन। ‘जहाँ समस्या त्यहाँ समाधान’ भने जस्तै समाधानका पर्यत्न भएकाछन् ।

यहाँहरूले गर्ने शैक्षिक अनुसन्धानका काम के के भएकाछन् ?

शैक्षिक क्षेत्रमा भएका कामको प्रभावकारीताको बारेमा जस्तो, बालशिक्षा, अपाङ्गता शिक्षा, छात्रवृत्ति वितरणका कार्यक्रम लगयतका कार्यक्रमको कार्यान्वयनको अवस्था र यसको प्रभावकारीता रह्यो ? यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक स्तर कहाँ पुग्यो ? भन्ने कुराको अनुसन्धान गरिरहेका छौं । अहिले उसलाई सेयर इटले गर्ने हुनाले पनि त्यति अपडेट छैन तर यो ठूलो भोल्यूममा यसका काम भएकाछन्, जसले शैक्षिक रणनीति परिवर्तन र लक्ष्यको लागि यस्ता अनुसन्धान कार्यक्रमले सहयोग पुर्याएको छ ।

अनुसन्धान कार्यबाट आएको कुराहरूलाई पाठ्यक्रममा समावेश गर्नको लागि कति पहल भएको छ ?

पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तयार गर्ने हो, तर पनि यसमा हामीले अनुसन्धानबाट आएका कुरालाई सुझावको रुपम पेश गर्दै आएका छौं। कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल हुन्छन् ।

संघीयतामा शैक्षिक कार्यक्रमको प्रभावकारी योजना, कार्यान्वयनका जटिलता कति छन् ?

अवश्य पनि यो परिवर्तनले सुरुवाती चरणमा केही असहजता ल्याएको छ । आत्मसाथ गर्नुपर्ने हुन्छ । हाम्रा हातका औला पनि बराबर छैनन्, त्यस्तै स्थानीय तह पनि सबै कुराले सचेत छैनन् । हरेक कुरामा हक हस्तान्त्रणको कुरालाई संविधानमै व्यवस्था भएको छ । शैक्षिक क्षेत्रका २३ वटा बुँदामा स्थानीय तहले यी यी बुँदामा काम गर्ने भनेको छ। नीति निर्माण तहको कुरामा हामी मात्र लागेका छौं।

यो पनि पढ्नुहोस..  व्यवसायीले लकडाउनमा कर तिरिरहनुपर्ने तर सरकारले केही गर्नु नपर्ने ?

अरु कुरामा अभ्यस्त भएको अवस्थामा परिवर्तन भएको हुँदा गाह्रो पक्कै देखिन्छ । हामीले अहिले हाम्रोमा सेवा लिन आउनेलाई पहिले स्थानीय तहबाट हुने काम पुरा गरेर आउनुस् भन्दै आएका छौं । शिक्षा नै पहिलो जग भएकोले सबैको चासो र जिम्मेवारी भएको हुनाले यस्ता कुरालाई हामीले यसलाई सकारात्मक रुपमा पनि लिन सकिन्छ ।

हामीले कुरा गर्दा शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग कुरा पनि गर्यौं, प्रविधिको पहुँच विस्तारको लागि कस्ता कस्ता प्रयास भएकाछन् केही अनुसन्धान भएको छ ?

हामीले विद्यालयहरूमा आइसिटी भनेर नविन प्रविधिको नवप्रर्वधनात्मक कार्यक्रम भनेर सञ्चालन भइरहेका छन् । विद्यालयमा प्रविधिको विकासलाई हामीले रोकेर पनि रोकिने अवस्था छैन । यस क्षेत्रमा यति ठूलो बाढी आइसक्यो कि हामीले पनि यो कार्यक्रम नलगौं भनेर रोकिने अवस्था छैन । सूचना प्रविधिको प्रयोगबाट कसैले पनि रोक्न सक्दैन ।

अहिलेको प्रविधिलाई प्रयोगमा ल्याउनको लागि हरेक विद्यालयलाई प्रविधिको जानकार शिक्षकको व्यवस्था, कम्प्युटर ल्याव, इन्टरनेटको पहुँच विस्तार भएका छन् । ठूलो भोल्यूममा काम गर्दा केही कमजोरी त होलान् तर प्रयास भएकाछन्। अहिले त प्रत्येक अभिभावक समेत सचेत हुनुहुन्छ तर पनि विभिन्न कारणले मुलधारा ल्याउन आवश्यक रहेका परिवारलाई समेत सहयोग गर्न भूमिका खेल्न जरुरी छ।

सरकारी विद्यालयमा सरकारले गरेका प्रयास राम्रो देखिन्छ तर पनि सरकारी विद्यालयका अभिभावक र विद्यार्थीको आर्कषण कम भए जस्तो देखिन्छ किन होला ?

मेरो व्यक्तिगत विचार भन्नुहुन्छ भने मलाई सरकारी, सामुदायिक, प्राइभेट सबै आफ्नै जस्तो लाग्छ । यो हुँदा हुँदै पनि मैले बुझेको कुरा जुन कुरामा हाम्रो बढी लगानी छ त्यसमा अलि बढी सचेत हुने मानवीय विशेषता नै रहेछ । तर यो सोंच गलत रहेछ, सरकारी विद्यालय पनि प्राइभेट विद्यालय भन्दा कम छैनन् । यसमा थोरै खड्एिको विषय कुनै विद्यालयमा शिक्षक (गुरु) को खटाई कमी देखिन्छ ।

जुनमा खट्नुभएको छ, ती विद्यालय प्राइभेट विद्यालय भन्दा राम्रा पनि छन्। हाम्रो मानसिकता के भयो भने सरकारी काम गर्ने जति सबै नालायक नै हुन्छन्, वास्तवमा यो मानसिकता हामीले कहाँ रोप्यौं, यसलाई उखेल्न जरुरी छ । सरकारी विद्यालयलाई सधै गाली मात्रै गर्नुपर्छ भन्ने मान्यतामा बदलाव ल्याउन जरुरी छ।

यो पनि पढ्नुहोस..  राजाको स्वार्थले जन्मिएको धर्मले मान्छेलाई अधिनमा राख्यो, अब टेक्स्टचुअल हैन अब एक्चुअल शिक्षा जरुरी

अहिले शिक्षक सेवा आयोग लडेर आउनुभएका शिक्षकहरू यति एक्सेलेन्ट आउनुभएको छ कि त्यो क्षमता शिक्षण पेसामा लगाउन सकेकोे अवस्थामा पक्कै पनि यसले शिक्षा क्षेत्रमा ठूलो सफलता ल्याउन सक्ने अवस्था देख्छु म ।

थोरै प्रसंग बदलौं, धेरै महिलाहरूमा जो कार्यालय र परिवारको जिम्मेवारी सहित काम गर्दै आएको हामीले दैख्दै भोग्दै आएका छौं, यसलाई यहाँले कसरी लिनुहुन्छ ?

यस्ता कामकाजी महिलालाई म आदर र सम्मान गर्छु । किनभने कार्यालयको काममा पनि कमजोरी नहुने र घरको काममा पनि उत्तिकै खट्नुपर्ने सामाजिक परिभेष अनुसारको जिम्मेवारी निभाउनु पर्ने हुन्छ । समाजले पनि उदाहरण दिँदा पनि महिलालाई नै देखाएको छ । सबै हेर्दा कामकाजी महिलाको भूमिका यति महत्वपूर्ण छ, जुन शब्दमा व्याख्या गर्न सकिन्न ।

यहाँको आफ्नै कुरा गर्दा आफैमा काम गर्दा नैरास्यता आउने पनि भयो ?

पक्कै पनि मलाई पनि त्यस्तो भयो, तर मैले पनि यस्तो सोंचे भने कसले गर्छ , मैले यस्तो भन्नु हुँदैन भन्ने लाग्यो । कहिले काही अफ्ठ्याराहरू महसुस हुन्छ तर सोंच्छु, यस्ता त पर्दै जान्छन्, हरेक ठाउँमा यस्ता आउँछन्, समस्या पुरुषहरूलाई पनि आउँछन् ।

समय व्यवस्थापन गर्न गाह्रो छ तर चुनौतीबाट भागेर त कहिले गन्तव्यमा पुगिन्छ । मेरो कुरा गर्दा मैले परिवारबाट भरपुर साथ पाएँ । मैले विहे पछि नै हो पढेको । त्यसबेला मैले नपढेर छाडेको भए अहिले यहाँ हुने थिएन ।

यहाँ आफ्नो जीवनमा सबैभन्दा खुसी भएको क्षण छ ?

मैले त्यस्तो महसुस गरेको छैन । मैले अगाडि भनें अझै पनि विद्यालयमा जाने उमेर पुगेका तर जान नसकेका बालबालिका जहिले शिक्षाको उज्यालोमा पुग्छन्, त्यति बेला म सबै भन्दा धेरै खुसी हुनेछु ।

सम्बन्धित् समाचार