गृहपृष्ठ कृषि सरलरुपमा सिँचाइ गर्ने माध्यमका रुपमा स्यालो ट्यबुवेलको माग बढ्दै

सरलरुपमा सिँचाइ गर्ने माध्यमका रुपमा स्यालो ट्यबुवेलको माग बढ्दै

वर्तमान अवस्थामा सजिलोे एवं सरलरुपमा सिँचाइ गर्ने माध्यमका रुपमा स्यालो ट्युबवेलको माग बढ्दैै गएको छ ।

प्रकाशित मिति:

वाग्मती । आकाशे पानीको भरमा खेती गरिरहेको र अन्य सिँचाइका माध्यम नरहेको वर्तमान अवस्थामा सजिलोे एवं सरलरुपमा सिँचाइ गर्ने माध्यमका रुपमा स्यालो ट्युबवेलको माग बढ्दैै गएको छ । बारा, पर्सा र रौतहट जिल्लामा किसानद्वारा स्यालो ट्युबवेलको मााग बढ्दै गएको हो ।

पर्सा जिल्लामा रहेको भूमिगत जलस्रोत सिँचाइ विकास समितिको कार्यालय वीरगञ्जमा सो ट्युबवेलको जडानका लागि माग बढ्दै गएको जनाइएको छ । सङ्घीय सरकारद्वारा छ महीना अगाडि स्थापना भएको सो कार्यालयमा बारामा एक हजार २५६ स्यालो ट्यबुवेल, पर्सामा ४५६ स्यालो ट्युबवेल र रौतहटमा ६२० स्यालो ट्युबवेल जडानको माग भएको कार्यालय प्रमुख प्रकाश पौडेलले बताए ।

यो पनि पढ्नुहोस..  कर्मचारी इमान्दार बन्दा छिटो छरितो सेवा

सो कार्यालयद्वारा उपभोक्ता समितिमार्फत हालसम्म बारामा ७६, पर्सामा ६७ र रौतहटमा १२६ वटा स्यालो ट्युबवेल जडान भई सिँचाइ सुविधा पु¥याइएको छ । प्रतिट्युबवेलको खरीद र जडानमा रु ६० हजार खर्च लाग्ने गरेको छ । एउटा ट्युबवेलमार्फत चार बिघा जमीन सिँचाइ हुने गरेको र त्यसको पानी पिउनसमेत प्रयोग हुने गरेको बाराका किसान बताउँछन् । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा बारामा ३६६, पर्सामा ४०० र रौतहटमा ४४६ वटा स्यालो ट्युबवेल जडान गर्ने लक्ष्य रहेको प्रमुख पौडेलले भने ।

यसैगरी भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीद्वारा रौतहट र सर्लाही जिल्लामा भूमिगत सिँचाइका माध्यमबाट सिँचाइ सुविधा पु¥याउनका लागि करीब रु ५६ करोडको लागतमा चालू आर्थिक वर्षमा डिप बोरिङ र स्यालो ट्युबवेल निर्माणको प्रक्रिया शुरु भएको सो कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस..  मुलुकभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

कार्यालयका निमित प्रमुख जयप्रकाश शाहका अनुसार सङ्घीय सरकारको रु २० करोड २५ लाख, प्रदेश नम्बर २ को सकारको रु १५ करोड ३४ लाख ३२ हजार र समृद्ध तराई कोषको तर्फबाट रु २० करोड २५ लाख बजेट प्रदान गरिएको छ । यसमा समृद्ध तराईको कोषअन्तर्गत डिपट्युबवेलतर्फ रु छ करोड १५ लाख र भूमिगत स्यालो ट्युबवेलतर्फ रु १४ करोड १० लाख रकम छुट्याइएको हो ।

डिपट्युबवेल निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया शुरु भइसकेको प्रमुख शाहले जानकारी दिएका छन् । पुरानो संरचाको मर्मत सुधार गर्नका लागि पनि प्रदेश सरकारले रु २० करोड २५ लाख रकम उपलब्ध गराएको छ । रासस

सम्बन्धित् समाचार