काठमाडौं । सुनको मूल्य तोलामा ५००रुपैयाँले घटेको छ । बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आजको लागि तेजावी सुनको मूल्य ८६ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।