गृहपृष्ठ उद्योग–व्यवसाय रामपुरमा मेलमिलापकर्तालाई पुर्नताजगी तालिम

रामपुरमा मेलमिलापकर्तालाई पुर्नताजगी तालिम

प्रकाशित मिति:

पाल्पा– रामपुर नगरपालिकाले मेलमिलापकर्ताकालागि पुर्नताजगी सम्बन्धी तीन दिने तालिम आयोजना गरेको छ ।

सोमवार नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा उद्घाटन गरी तालिम संचालन गरिएको थियो । नगर प्रमुख रमणबहादुर थापाले तालिम उद्घाटन गर्नुहँुदै न्याय सबैका लागि चाहिने बताउँदै वडामा भएका झै झगडा लगायतका विभिन्न समस्यालाई मेलमिलापकर्ता मार्फत वडामै समाधान गर्ने र वडास्तरबाट नसकेको खण्डमा नगरपालिकामा न्यायिक समितिमार्फत छलफल गरेर समाधान गर्ने बताए ।

न्यायिक समिति सदस्य तथा रामपुर ५ का वडा सदस्य विष्णप्रसाद बस्यालको स्वागतबाट सुरु भएको कार्यक्रममा वडा नं २ वडा अध्यक्ष ताराबहादुर थापा, ५ का अध्यक्ष हिमाल मल्ल, ८ का अध्यक्ष बोमबहादुर नामजाली लगायतले आफ्ना धारणा राखेका थिए । न्यायिक समितिका सदस्य सचिव पुजा परियारले संचालन गरेको तालिममा ३० जना मेलमिलापकर्ताको सहभागीता रहेको छ ।

सम्बन्धित् समाचार