गृहपृष्ठ चलचित्र ‘लप्पन छप्पन २’– ६ भाषामा रिलिज हुने

‘लप्पन छप्पन २’– ६ भाषामा रिलिज हुने

प्रकाशित मिति:

काठमाडौं–मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्म ’लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्मले २७ चैतलाई रिलिज मिति तोकेको छ । यस फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषामा रिलिज हुने बताइएको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलर ’एक्सन प्याक’ बनेको छ । पैसा, शक्ति र सरकारबीच हुने चलखेललाई ट्रेलरमा समेटिएको छ । ट्रेलरमा एक्सन दृश्य र संवादलाई विशेष स्थान दिइएको छ ।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापालाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा शिव श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय छ । यसै फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सिर्जना सिना, रन्जीत वन्तलगायतले डेब्यु गर्दै छन् ।

फिल्मको पटकथा निर्देशक, सुनील नेउरे र अमित शर्माले संयुक्त रूपमा लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । फिल्मको एक्सन हिमाल केसी र निर्देशक भट्टले कम्पोज गरेका हुन् ।

सम्बन्धित् समाचार