गृहपृष्ठ राजनीति ह्वीप र सांसद पदमा पार्टी केन्द्रीय कमिटी निर्णायक : नेता पाण्डे

ह्वीप र सांसद पदमा पार्टी केन्द्रीय कमिटी निर्णायक : नेता पाण्डे

प्रकाशित मिति:

काठमाडौं–नेकपा प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेयले संसदमा ह्वीप जारी गर्न सक्ने अवस्था रहे पनि त्यसलाई केन्द्रीय कमिटीले स्वीकार गर्न अनिवार्य रहेको बताएकाछन् ।

बिहिबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नेता पाण्डेले पार्टीको बहुमतको निर्णयले संसद पद समेत खारेज गर्ने अधिकार रहेको बताए।

‘ह्वीप उल्लंघन गरेको अवस्थामा कारवाही गर्न सकिने अवस्था पनि छ तर त्यसलाई केन्द्रीय कमिटीले स्वीकार गर्नुपर्छ ।’ उनले भने,‘अहिले केन्द्रीय किमिटीका हामीसँग बहुमत छ, यदि हामीले निकाल्यौं भने संसद पद खारेज हुनसक्छ । बैठकमा निर्णय गर्ने बहुमत अल्पमतले हो, बहुमतमा जो छ, त्यसैले निर्णय गर्छ ।’

यो पनि पढ्नुहोस..  उपत्यकामा आम हड्तालको आशिंक प्रभाव

उनले नेकपाको सदस्य भएर प्रधानमन्त्री बनेको तर अहिले उनी पार्टीको सदस्य नरहेको बताए । ‘नेकपाको सदस्य नै नभएको अवस्थामा प्रधानमन्त्रीको रुपमा आदेश जारी गर्न सक्छ कि सक्दैन ? यो प्रश्न त्यत्तिकै गम्भिर छ, यसको निरुपण हामी राजनीतिक र कानुनी रुपमा गर्छौं ’ उनले भने ।

कांग्रेस र जसपाको साथ पाउने नपाउने सन्दर्भमा उनले साथ नदिएर अर्को बाटोमा जानै नसक्ने तर्क गरे ।

‘कि त प्रतिगमनको मतियार हुनुपर्यो। हिजो ओलीको कदमलाई प्रतिगमन भन्ने, अदालतले पनि यसलाई पुष्टि गरिसकेको छ’ उनले भने, ‘यति हुँदाहुँदै अब प्रतिगमनको मतियारी गरेर जाने गल्ती गर्नुहुन्न । हिजो प्रतिगमनको विरोधमा एक भएका शक्तिबीचको सहकार्य प्राकृति, न्यायोचित र सही हुन्छ ।’

सम्बन्धित् समाचार