गृहपृष्ठ संगित सुनिल कटुवालको ‘चञ्चल भो मन’ सार्वजनिक

सुनिल कटुवालको ‘चञ्चल भो मन’ सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं–गायक सुनिल कटुवालको नयाँ गीत ‘चञ्चल भो मन’ शुक्रबार रिलिज भएको छ।
सुनिल र अन्नु चौधरीको स्वरमा रहेको लोकलयमा आधारित आधुनिक गीतको भिडियोमा सुनिल आफै पनि मोडलिङ गरेकाछन्।

मोडलिङमा सुनिलसँगै प्रतिक्षा चौलागाइले देखिएकी छिन्। लोक गायनमा आफ्नो छुट्टै छबि बनाएका सुनिलले ‘चञ्चल भो मन’ मा केही फरक प्रयोग गर्न खोजेको बताएकाछन्।

यस गीतमा किरण के. उप्रेतीले संगीत भरेकाछन् भने पुस्कर सुनुवारले एरेन्ज गरेका छन्। उपत्यका र काभ्रेका विभिन्न ठाउँमा छायांकन गरिएको यो गीतको भिडियोलाई प्रतिक तिमल्सिनाले निर्देशन गरेकाछन्।

गीतलाई पुस्कर सुनुवार युट्यूव च्यानलमा हेर्न सकिन्छ।

सम्बन्धित् समाचार