‘काल नआए पर्खालले च्यापे पनि केही हुन्न, काल आए दैलामा ठोकिए पनि मरिन्छ’ भन्ने भनाइ त चर्चामै छ। भारतको रोहतकमा पनि यस्तै भएको छ ।

एक महिला माथिबाट रेल जाँदा पनि उनलाई समान्य असर पनि परेन । यो जादु हैन है, भएकै यथार्थ घटना हो ।

हतारमा बाटो काट्दै गर्दा उनले रेल आएको देखिनन्, एक्कासी रेल आयो । उनी न पार गर्न सकिन न फर्किन नै सकिन् ।

नजिकै रहेको कसैले सुझायो, ‘बिच भागमा लम्पसार पर’ उनले त्यसै गरिन, रेल उनी माथिबाटै भएर गयो । रेल गइसके पछि ६२ वर्षीय ती महिला उठिन् ।

६ वटा रेलका डिब्बा उनी माथिबाटै गयो । उनी सकुशल रहिन् ।
।