काठमाडौं– ‘भ्यालेन्टाईन डे’ को अवसर पारेर गायिका सुनिता दुलालको पूर्वेली लयमा रहेको ‘बाँसैको कप्टेरो’ सार्वजनिक भएको छ ।
‘भ्यालेन्टाईन डे’ अर्थात एकआपसमा माया, सद्भाव र स्नेह छर्ने विशेष दिनको दिन गीत सार्वजनिक गरिएको गायिक दुलालले बताएकी छिन् ।
गीतमा सुनिता र प्रताप दासको स्वर छ । अमृत खातीको शब्दलाई सुरज अधिकारीले संगीतबद्ध गरेको गीतलाई गम्भिर बिष्टले निर्देशन गरेकाछन् ।
सुवोल थापाको कोरियोग्राफी रहेको गीतमा सरोज राना, बिना उप्रेती, गीता ढुंगाना र उत्कल ऋषी थापाको अभिनय छ ।
एक्सन स्टुडियोमा रेकर्ड गीतलाई कमल सौरागले एरेन्जिङ गरेका हुन् । गीत सुनिताको आफ्नै यूट्युव च्यानल सुनिता दुलाल मार्फत बाहिर आएको छ ।