गृहपृष्ठ कला तिमी रिसाउँदा’ सार्वजनिक

तिमी रिसाउँदा’ सार्वजनिक

प्रकाशित मिति:


काठमाडौं ।गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ । पे्रम दिवसका अवसरमा सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत सुरज अधिकारी (सुर रक्स) को छ, भने सङ्गीत संयोजन पुषोत्तम सुवेदीले गरेका छन् ।

विशेषगरी युवा वर्गलाई लक्षितगरी गीत लेखिएको अधिकारीले बताएका छन् । जनकदीप पराजुलीकोे निर्देशन रहेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुङ्गानाले अभिनये गरेका छन् ।

गीतमा सागर प्रधानको छायाङ्कन, विष्णु खड्काको सम्पादन र ध्रुवराज प्रज्वलितको रङ संयोजन छ । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सम्बन्धित् समाचार