गृहपृष्ठ राजनीति तानाशाहको कद घटे पछि कागजको प्रतिमा बन्छन्, ओली बुख्याँचा बने : झाँक्री

तानाशाहको कद घटे पछि कागजको प्रतिमा बन्छन्, ओली बुख्याँचा बने : झाँक्री

‘त्यो संस्थाको विरुद्धमा बोल्ने दुश्साहास गरेको छैन । तर त्यो संस्थामा निर्वाचनबाट गएर निरंकुशताको साक्षी बस्छ भने त्यस्ता खलपात्रको विरुद्ध बोल्न पाइन्छ । ’

प्रकाशित मिति:

काठमाडौं– नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ राम कुमारी झाँक्रीले ओलीलाई बुख्याँचा बनेको बताएकी छिन् ।

प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंका आयोजना गरेको विरोध सभामा बोल्दै उनले यसले ओलीलाई अधोगति तिर लगेको बताएकी थिइन् ।

‘जब बादशाह, तानाशाहले आफ्नो कदलाई घटाउँदै घटाउँदै जान्छन् र त्यतिबेला राज्यको सम्पत्तिको दोहन गर्दै कागजका अग्ला अग्ला कदका प्रतिमा मात्र हैन बुख्याँचाहरु बनाउँछन् । केपी ओलीले त्यही गरेका छन् । यसले अधोगतीलाई देखाउँछ ।’ उनले भनिन् ।

सभामा मन्तव्य राख्न मञ्चमा मुखमा टेप लगाएर पुगेकी नेतृ झाँक्रीले कवितात्मक शैलीमा आफ्नो मन्तव्य सुरु गरेकी थिइन् ।

यो पनि पढ्नुहोस..  नेकपाको फैसलामा पुनरावलोकन अनुमति नहुने

नागरिकको मुखमा टेप टाँसिएको छैन
सर्वसत्तावादको विरोधमा बोल्न पाइन्छ
संविधानको चिर हरण गर्ने विरुद्ध बोल्न पाइन्छ
संविधान र कानुनी राज्यको खिलाफमा
सेटिङ र बन्द कोठा भित्र गर्दै रहेको अध्यारा षडयन्त्र विरुद्ध बोल्न पाइन्छ

उनले राजनैतिक परिवर्तन र ऐतिहासिक क्रान्तीले नागरिकहरु सार्वभौम सम्पन्न बनाएको र त्यसैले नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि कुन्ठित गर्न नसक्ने उनको भनाइ थियो ।
‘हामी यहाँ छौ, यो हामीले ल्याएको व्यवस्था हो ।

आज दरवारमा जस्तै रजाइ गर्नेहरु संघर्षका कठिन दिनमा कहाँ थिए जनतालाई हिसाव किताव थाहा छ ।’ उनले भनिन्, हाम्रो रगत र पसिना भित्र, शहीदको बलिदान भित्र हजारौं घाइते र वेपत्ताको बलिदानी भित्र प्राप्त गरेका उपलब्धीलाई एकै रातमा कागजी बादशाहले च्यातचुत पारेर संविधानको वर्खिलाप गर्ने प्रणालीको विरुद्ध बोल्छौं ।’

यो पनि पढ्नुहोस..  ओलीले तीन वर्ष गफ गरेर विताए : खनाल

उनले प्रतिगामी कदमसँगै ओली प्रवृति ढसिकेको बताइन् । ‘नागरिकको सार्वभौम अधिकारको रक्षाको लागि बोलेका हौं । त्यसकारण हामी यहाँ छौं । यो मानव सागरले भन्छ, खड्ग प्रसाद ओली कागजी वादशाह हुन्, ति ढलिसके अब अन्तिम घोषणा गर्न बाँकी छ ।’

उनले आफू राष्ट्रपति संस्था प्रति नबोलेको तर निरंकुशताको साक्षी बस्नेका विरुद्ध सधै बोल्ने बताइन् ।

‘कार्यकारी प्रधानमन्त्रीको एसिस्टेन्ट जस्तै मन्त्री परिषद्को निर्णयलाई खुसुक्क सही छाप गर्ने सम्माननीय राष्ट्रपति यो सम्माननीय पद हाम्रो बदिलानीले प्राप्त संस्था हो । शिर माथिको संस्था हो ।’ उनले भनिन्, ‘त्यो संस्थाको विरुद्धमा बोल्ने दुश्साहास गरेको छैन । तर त्यो संस्थामा निर्वाचनबाट गएर निरंकुशताको साक्षी बस्छ भने त्यस्ता खलपात्रको विरुद्ध बोल्न पाइन्छ । ’

यो पनि पढ्नुहोस..  महिलाहरुलाई बराबरीको अधिकार अबको माग र आन्दोलनको रुपमा अगाडि बढाउनुपर्ने : पम्फा भुसाल

सम्बन्धित् समाचार