हामी मध्ये कसैलाई लौकाको तरकारी मन नपर्न सक्छ । तर लौकाको तरकारी बाहेक अरु खानेकुरा पनि बन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । लौकाबाट खीर पनि बन्छ ।
खीर तपाईंलाई पनि मन पर्न सक्छ । लौकाको खीर हामीले व्रतको समयमा पनि खान मिल्ने मान्यता छ ।
कसरी बनाउने लौका को खीर ?
कम्तीमा १–२ जनाका लागि खीर बनाउँदा १५ देखि ३० मिनेट समयमा तयार पार्न सकिन्छ ।
आवश्यक सामाग्री :
- आधा किलो लौका
- एक लीटर दूध
- आधा कप चिनी
- एक चम्चा सुकमेल पाउडर
- ३–४ वटा बदाम (राम्ररी काटेको)
- ४–५ वटा छोकडा (राम्ररी काटेको)
- ४–५ वटा काजु
- १०–१२ / केसरीकाे रेशा
- ७–८ वटा किसमिस
बनाउने विधि :
- लौकाको बियाँ हटाउने, राम्रोसँग बोक्रा तास्ने र सानोसनो टुक्रा पारी काट्ने ।
- सबैभन्दा पहिला दुध उमाल्ने ।
- दुध उम्लिए पछि मसिनो पारिएको लौकालाई मिसाउने ।
- मन्द आगोमा पाकुन्जेलसम्म चलाउने ।
- खीर पकाउने क्रममा दोसो्र पटक उम्लिन थालेपछि मन्द आगोमा राम्रोसँग पाक्न दिने ।
- लौका दूधमा रम्रोसंँग पाकिसककेपछि यसमा चिनी हाल्ने र राम्रोसँग मिक्स हुने गरि चलाई मन्द आगोमा १५ मिनेटसम्म पाक्न दिने ।
- राम्रोसंँग पाकिसकेपछि आगो अथवा ग्यस बन्द गर्ने र पाकेको खीरमा काटेर राखिएका मसला (छोकडा ,काजू, बदाम र किसमिस, सुकमेल पाउडर लगायत) राखेर राम्रोसंँग मिक्स गर्ने ।
यति गरिसके पछि लौकाको स्वादिष्ट खीर तयार हुन्छ ।
अब लौकीको स्वादिष्ट खीर तातो अथवा चीसो बनाइ जस्तो मनपर्छ त्यस्तै खानसक्नुहुन्छ ।