गृहपृष्ठ राशिफल आजको राशिफल

आजको राशिफल

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।

प्रकाशित मिति:

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।
परामर्शका लागि : ९८४४७७७११० ९८२१४४९४९६

आजको पञ्चाङ्ग
२०७७ माघ २० गते मङ्गलवार । तदनुसार ई स २०२१ फब्रुवरी २ तारिख। प्रमादी नाम सम्बत्सर शिशिर ऋतु । सूर्य उत्तरायन । सूर्य मकर राशिमा ।
चान्देण ।
माघ कृष्णपक्ष पञ्चमी तिथि । दि ४ः४९ बजे सम्म । हस्ता नक्षत्र रा १०ः४७ बजे सम्म ।। ब्याघात योग । बणिज करण ।चन्द्रमा कन्या राशिमा बिहान १०स्२२ बजे सम्म ब्यप्त । विश्व सिमसार दिवस ।

आजको राशिफल


यात्राको अवसर मिल्नेछ । जन्मथलो छोड्नु पर्ला । गरेको कामहरुमा सफलता मिल्नेछ। पारिवारीक जमघटले मन प्रशन्न हुनेछ ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

यात्रामा कठिनाइ आउनेछ । सामान्य खर्च पनि बढेर जाने देखिन्छ। स्वास्थ्यमा भने सुधार देखिनेछ। मानसिक तनाव बनिरहेको देखिन्छ

आतिथ्यता ग्रहण गर्ने मौका मिल्नेछ । उच्च पदाधिकारी तथा अभिभावकहरूको सरसल्लाहले सुरु गरेको कार्यमा सफलता देखिन्छ । दिन सुखले नै बित्नेछ ।

प्रशासनीक कार्यले मानसिक पीडा हुनेछ । राज्यका तर्फबाट भने केही अपहेलित भएको महसुस हुनेछ । तथापि सफलता तपाईंकै हातमा रहने देखिन्छ ।

स्वास्थ्यमा समस्या देखापर्नेछ । यस्तै कारणले स्थान छोड्नु पर्नेछ । आफ्ना साथीभाइहरूको सहयोग भरपुर रहला । आर्थिक लाभका लानी भने निकै सङ्घर्ष गर्नुपर्दछ ।

प्रेम सम्बन्धमा खटपट आउनेछ । प्रेम प्रेमिकाका लागि केही खर्च गर्नुपर्ने अवस्था आउला । आर्थिक लाभका यथावत नै रहला ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

व्यापार तथा व्यावसायिक कार्यमा सफलता मिल्ला । व्यापारबाट मनग्य आम्दानी हुने देखिन्छ ।आर्थिक लाभका लागि आफ्ना आफन्तहरुभन्दा टाढा रहने उपयुक्त होला । स्वास्थ्यमा पनि सुधार होला तपाईको लागि आजको दिन राम्रो नै देखिन्छ ।

वैवाहिक जीवनमा नयाँ मोड आउला । प्रेम सम्बन्ध प्रगाढ बन्ने छ । सन्तानबाट सुख प्राप्त हुनेछ भने सन्तानबाट मानसम्मान पनि प्राप्त हुने देखिन्छ । पढाईमा मन जानेछ ।

धनागमका मार्ग रोकिनेछ्न । जागिर व्यापार व्यवसायका लागि केही संघर्ष गर्नुपर्नेछ । आफू भन्दा साना पदका व्यक्तिहरुसँग मनमुटाव होला ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

झै–झगडा तथा अनावश्यक झमेलामा फसिने योग छ । होलीमा नियन्त्रण गर्दा नराम्रो देखिन्छ । आफन्त तथा आफ्ना मनमिल्ने व्यक्तिहरूबाट टाढा रहँदा नै आजको दिन सुखमय देखिन्छ।

कृषि जन्य कार्यबाट आम्दानी बढ्नेछ । रोकिएका कामहरुको सुरुवात हुनेछ भने नयाँ कामको थालनी पनि हुने योग रहेको छ । आजको दिन पुराना साथीहरु को सहयोग रहने दिन रहेको छ भने आजको दिन सुखमय देखिनेछ ।

फलाम तथा हतियारबाट चोटपटक लाग्न सक्ला । यात्रा तथा गाडी घोडामा सावधानी अपनाउनुपर्ने देखिन्छ । पढाइमा भने जोश जागर निकै बढ्नेछ ।

सम्बन्धित् समाचार

आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल