प्रायः जो कोहीको मनमा अन्डा भेज हो अथवा ननभेज भन्ने जिज्ञासा हुनसक्छ । कुनै कुनैको मनमा कुखुराले पार्ने हुँदा अन्डा ननभेज हो भन्ने पनि छ । तर वैज्ञानिकहरुले अन्डा भेज हो भन्ने पत्ता लाएका छन् । कुनै व्यक्तिहरुले यस विचारलाई गलत मान्दछन् ।
के दुध ननभेज हो त ?
शाकाहारीहरु अन्डा कुखुराले दिन्छ त्यसैले ननभेज हो मान्दछन् । तर वैज्ञानिकले दुध पनि जनावर बाटै आउँदछ यो कसरी भेज भयो ? भन्ने प्रश्न उठाएका छन् ।
बजारमा पाउने अन्डा अनफर्टिलाइज्ड हुन्छन् ।
प्रायः सबैले अन्डाबाट चल्ला निस्किन्छ, त्यसैले यो ननभेज हो भन्ने मान्यता राख्दछन् । तर बजारमा पाउने सबै अन्डाहरु अनफर्टिलाइज्ड हनछन् । वास्तवमा यी अन्डाबाट चल्ला कहिलै निस्कदँैन । यसरी अन्डा ननभेज हो भन्ने गलत मान्यतालाई हटाउनका लागि वैज्ञानिकहरुले अन्डा भेज हो भन्ने वैज्ञानिक मान्यता राखेका राख्दछन् ।
अन्डा शाकाहारी यो हो तर्क :
अन्डामा तीन तह हन्छन् । पहिले छिल्का ,दोस्रो सेतो भाग, तेस्रो पहँेलो भाग हुन्छ । अन्डाका बारेमा गरिएको एक रिसर्चका अनुसार अन्डाको सेतो भागमा प्रोटिन मात्र हुन्छ । यसमा जनावरको कुनै अंश हुँदैन ।
अन्डाको सेतो भाग जस्तै पहेँलो भागमा पनि प्रोटिनका साथै कोलेस्ट्रोल अथवा वोसो राम्रो मात्रामा पाउँदछ । अन्डा त्यसपछि ननभेजिटेरियन हन्छ जब फर्टिलाइज्ड पछि त्यसमा ग्यामिट सेल्स बन्छ जसले गर्दा अन्डालाई ननभेज बनाउँदछ । त्यसैले बजारमा पाउने अन्डा अनफर्टिलाइज्ड हुने भएकाले भेज हो भन्न सकिन्छ ।
कुखुराबाट अन्डा कसरी बन्छ त ?
कुखुराले ६ महिना भएपछि अन्डा दिन थाल्दछ । यसले १ अथवा डेढ दिनमा अन्डा दिन्छ । तर फर्टिलाइज्ड नभइ दिएका अन्डा भेज नै हुन्छन् । यी अन्डाबाट कहिलै पनि चल्ला निस्कदैनन भन्ने वैज्ञानिकहरुले दावी छ ।