गृहपृष्ठ मनोरञ्जन सुशान्त सिंह राजपूतका भाइमाथि गोली प्रहार

सुशान्त सिंह राजपूतका भाइमाथि गोली प्रहार

प्रकाशित मिति:

काठमाडौँ । स्वर्गीय अभिनेता सुशान्त सिंहका राजपूत भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ ।

शनिबार बिहान साढे ११ बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो ।

राजकुमार सिंह सुशान्तका आफन्ती भाई हुन् ।

गोली प्रहारबाट राजकुमार सिंह र उनका सहयोगी गम्भीर घाइते भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा गोली प्रहार भएको हो ।

उनीहरुमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस..  डियर व्ल्याक ! ‘द फस्ट लभ’

गोली लागेका राजकुमार सिंहका सहयोगीको अवस्था निकै गम्भीर भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । एजेन्सी

सम्बन्धित् समाचार