गृहपृष्ठ मनोरञ्जन प्रीति जिन्टाले वेब सिरिज निर्माण गर्ने

प्रीति जिन्टाले वेब सिरिज निर्माण गर्ने

प्रकाशित मिति:

काठमाडौँ । बलिउड अभिनेत्री प्रीति जिन्टाले वेब सिरिज निर्माणको घोषणा गरेकी छन् । आफ्नो ४६ औं जन्मदिन मनाइरहेकी प्रीतिले वेब सिरिज निर्माणको घोषणा गरेकी हुन् । पछिल्लो समय उनी फिल्ममा सक्रिय रूपमा देखिएकी छैनन् ।

सन् २००१ मा अब्बास मस्तानको निर्देशनमा बनेको ‘चोरी चोरी चुप्के चुप्के’मा प्रीति जिन्टा, सलमान खान र रानी मुखर्जी मुख्य भूमिका देखिएका थिए । उक्त फिल्ममा अन्डरवर्ल्ड डन छोटा शकिलले लगानी गरेका थिए तर कागजमा निर्माताको रूपमा भरत शाहको नाम थियो । प्रहरीले छानविन गरेपछि फिल्मको प्रिन्ट सिल गरिदियो ।

यो पनि पढ्नुहोस..  वान सो एशिया सोकेस २०२० मा नेपालबाट दुई सिर्जना चयन

यो समय सलमान, रानी लगायत फिल्मका सबै कलाकारलाई धम्किपूर्ण फोनहरू आउन थाले । सबैले प्रहरीसँग आफूहरूलाई आएको फोनको बारेमा बताए । जब अदालतमा गवाही दिने बेला आयो सबै जना पछि हटे । तर, प्रीति डराइनन् । उनले अदालतमा धम्किपूर्ण फोन र ठूलो रकम मागिरहेको कुरा भनिदिइन् जसकारण भरत शाहलाई प्रहरीले समात्यो। फिल्मका अर्का निर्माता नाजिम रिजवीलाई पनि यो मामलामा दोषी पाइयो ।

प्रीतिको यो कदमको सबैले तारिफ गरे । बलिउडमा उनी बहादुर अभिनेत्रीको उपनामले चिनिन थालिन् । त्यसपछि उनका कोइ मिल गया, सोल्जर, मिसन कश्मिर जस्ता फिल्म प्रदर्शनमा आए जुन दर्शकले पनि निकै मन पराए ।

यो पनि पढ्नुहोस..  ३० वर्षअघि अक्षय कुमारसँग डेब्यू गरेकी अभिनेत्री शान्तिप्रिया कहाँ छिन् ?

विभिन्न व्यवसायमा हात हालेकी उनले भर्खर नयाँ वेब सिरिज निर्माणको घोषणा गरेकी छन् । जसमा मुख्य भूमिकामा ऋतिक रोशन रहने बताइएको छ । एजेन्सी

सम्बन्धित् समाचार