गृहपृष्ठ भान्सा जाडोमा यसरी बनाउनुहोस् मेथीको परौठा (रेसिपी)

जाडोमा यसरी बनाउनुहोस् मेथीको परौठा (रेसिपी)

प्रकाशित मिति:

काठमाडौँ । जाडोमा मेथीबाट बनाएको परौठा एकदम मीठो हुन्छ ।

यसलाइ बनाउन सबैले आ आफ्नै फरक फरक विधि अपनाएका हुन्छन् । तर मेथीको परौठा बनाउने सजिलो तरीका अपनाउनुहोस् र जाडोमा मीठो बानाई खानुहोस् ।

कम्तीमा १।२ जनाको लागि भेज परौठा बनाउदा ५देखि १५ मिनेटको समयमा तयार पार्न सकिन्छ ।

आवश्यक सामग्री

२ कप गहुको पीठो, १ कप मेथी

एक चिया चिम्टी गरम मसला

एक चिया चिम्टी खूर्सानीको धुलो

एक चिया चिम्टी जीरा पाउडर

एक चिया चिम्टी अजवाईन

नुन स्वादअनुसार

तेल आवश्यकता अनुसार राख्ने

यो पनि पढ्नुहोस..  यी खानेकुरा फ्रिजमा राख्दा खतरनाक हुन सक्छ

बनाउने विधि
सबै भन्दा पहिला मेथीलाई राम्रोसँग धुने र सानो सनो टुक्र पारी काट्ने ।

एउटा भाडोमा पीठो , मेथी लगाएत सम्पूर्ण आवश्यक मसला एकैसाथ मिलाएर पीठो मुछ्ने ।

आटा मुछीसकेपछि मुछेको पीठोमा थोरै तेल लगाएर १५ मिनेट सम्म राख्ने ।

त्यसपछी हल्का तेल लगाएर परौठा बेल्ने पकाउन सुरु गर्ने । दुबैतिर राम्रोसग ओल्टाई पल्टाई पकाउने । यसरी मेथीको परौठा तयार हुन्छ र यसलाई दहीसँग खाँदा अझै मीठो हुन्छ । एजेन्सी

सम्बन्धित् समाचार