गृहपृष्ठ राशिफल आजको राशिफल

आजको राशिफल

प्रकाशित मिति:

प्रस्तुतकर्ता :
आचार्य युवाज्यो. गोविन्द पाण्डेय
माताआलमदेवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।
परामर्शका लागि : ९८४४७७७११० ९८२१४४९४९६

आजको पञ्चाङ्ग
बि.सं.२०७७ माघ १८ गते रविवार
तदनुसार ई.स. २०२१ जनवरी ३१ तारिख
प्रमादी सम्बत्सर , शिशिर ऋतुसूर्य उत्तरायण ,सूर्य मकर राशिमा ।
चन्द्रमास अनुसार
माघ कृष्णपक्ष तृतीय तिथि रा.१२ः५१ बजे सम्म , मघा नक्षत्र भोली बि.३ः५० बजे सम्म आयुष्मान योग ,बालव करण , कर्कट राशिमा सूर्योदय बि.६ः५५, अस्त ५ः४५ साँझ

आजको राशिफल


सोचेको काम पूरा हुनेछ। स्वास्थ्यमा सामान्य फेरबदल आएतापनि सुधार हुनेछ । खानपानमा निकै ध्यान दिनुपर्ला । साहसीक काममा सफलता मिल्ने देखिन्छ।आत्मवल बढाएर काम गर्नु पर्ने समय छ ।

यात्राको अवसर मिल्नेछ। यात्रा केही खर्चिलो हुन सक्ने संभावना अत्यधिक देखिन्छ भने धार्मिक कार्यमा मन जानेछ । व्यापार व्यवसायमा केही घाटा व्यहोर्नु पर्नेछ। त्यसैले आफ्ना अभिभावकसँगको सल्लाहले अगाडि बढ्दा नै राम्रो हुने देखिन्छ ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

साहित्यिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ। शैक्षिक क्षेत्रबाट मानसम्मान प्राप्त होला । पुराना साथीभाइहरूको जमघटले मन प्रसन्न हुनेछ साथीभाइहरुको सहयोगमा दीर्घकालीन कार्यको शुरुवात हुने देखिन्छ ।

वैदेशिक यात्रामा सफलता मिल्नेछ र विदेशी वस्तुको कारोबार अथवा व्यापार व्यवसाय गर्दै आईरहेका व्यक्तिहरुलाई मनग्य आम्दानी हुने योग देखिन्छ। प्रेम सम्बन्ध अथवा वैवाहिक सम्बन्ध प्रगाढ भएर जाने देखिन्छ। प्रेम प्रेमिकाको भरपुर सहयोग मिल्नेछ आर्थिक लाभका लागि पनि केही संघर्ष गर्नुपर्ने देखिन्छ।


दाजुभाइसँगको सम्बन्धमा केही दरार आउनसक्ने देखिन्छ। बोलीमा नियन्त्रण गर्न पर्नेछ। बोलीकै कारण आफ्ना आफन्तहरुको पनि पराई सम्मान बन्न सक्ने देखिन्छ। कार्यमा शत्रुहरु लाग्न सक्ने छन् ।

यो पनि पढ्नुहोस..  आजको राशिफल

कार्यमा ढिलासुस्ती हुनेछ । शारीरिक आलस्यता बढ्नेछ। आवश्यकताका कारण महत्वपूर्ण कामहरु छुट सक्नेछन् । परनिर्भरता हुनुपर्ने देखिन्छ । अर्काको कामका लागि खटिनु पर्नेछ । बिवादास्पद वा वाद विवादबाट टाढा रहदा नै राम्रोहोला ।

सन्तानबाट टाढा हुनुपर्ला तथापि सन्तानको सहयोग भरपुर रहनेछ। आफ्ना कुटुम्बहरूको सहयोगबाट आर्थिक लाभका कार्यहरू बढ्नेछन् भने दीर्घकालीन कार्यको सुरुवात हुने देखिन्छ बोलीमा भने केही नियन्त्रण गर्नुपर्नेछ ।

घमण्ड बढ्नेछ । बोलीमा केही रुखोपन आउने देखिन्छ । नयाँ जागिर व्यवसायको क्रममा हुनुहुन्छ भने अहिलेको समय त्यति राम्रो देखिँदैन आर्थिक हिनामिना हुनेछ । आरोप प्रत्यारोप खेप्नुपर्ला ।

स्त्रीहरुबाट अपहेलित हुनुपर्ला त्यसैले स्त्रीहरुबाट टाढा रहँदा नै लाभ हुने देखिन्छ । जग्गा जमिनको व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ। आर्थिक सहयोग गर्नुपर्नेछ । आफन्तसँगको सम्बन्ध राम्रो होला ।

यो पनि पढ्नुहोस..  आजको राशीफल

मानसम्मान प्राप्त हुने देखिन्छ । आर्थिक लाभ केही घट्न सक्नेछ । व्यापार व्यवसायमा पनि राम्रो लाभ हुने देखिन्छ ।
प्रेम सम्बन्ध राम्रो सम्बन्ध बन्नेछ । पैतृक सम्पत्ति को सदुपयोग हुने दिन छ ।

कार्यमा बाधा व्यवधान आउन सक्ने छ। आफूभन्दा ठूलो पदमा रहेका व्यक्तिहरुले केही होच्याएर बोल्ने अथवा नयाँ जिम्मेवारी दिनाले केही तनाव पनि आउन सक्ने देखिन्छ । स्थान परिवर्तनको योग पनि सामान्यरुपमा देखिन्छ आफूले खाए पढाइलाई आएको सेवा सुविधा र स्थान छेक्नुपर्छ।

उत्तरतर्फको यात्रामा सफल भइनेछ। चिसोका कारण सामान्य स्वास्थ्यमा फेरबदल आउने देखिन्छ। आकस्मिक धन लाभ होला र धन लाभका मार्गहरू खुल्नेछन् । आफ्ना नजिकका आत्मीय व्यक्तिहरुले धोका दिनेछन्।

सम्बन्धित् समाचार

आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल
आजको राशिफल