गृहपृष्ठ मनोरञ्जन ‘केजिएफ च्याप्टर २’ को प्रदर्शन मिति सार्वजनिक

‘केजिएफ च्याप्टर २’ को प्रदर्शन मिति सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ । बहुप्रतिक्षित फिल्म ‘केजिएफ च्याप्टर २’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । अघिल्लो महिना पहिलो टिजर सार्वजनिक भएको फिल्म जुलाई १६ देखि हलमा लाग्ने भएको हो ।

सन २०१८ मा ‘केजिएफ च्याप्टर १’ प्रदर्शनमा आएदेखि नै दर्शकमाझ च्याप्टर २ को चर्चा शुरु भएको थियो । २०२० को अक्टोबरमा नै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको हो ।

फिल्मको नयाँ प्रदर्शन मितिबारे भने केही खुलाइएको छैन । च्याप्टर २ को यति धेरै चर्चा हुनुको कारण यसको मुख्य खलपात्र ‘अधिरा’ पनि हो । जसको भूमिकामा अभिनेता संजय दत्त देखिएका छन् । सार्वजनिक टिजरमा भने अधिराको अनुहार देखाइएको छैन ।

यो पनि पढ्नुहोस..  डियर व्ल्याक ! ‘द फस्ट लभ’

प्रशान्त निलको निर्देशनमा बनेको फिल्मलाई विजय किरन्दुर र कार्तिक गोडाले निर्माण गरेका हुन्। पिरियड एक्सन जनरामा बनेको केजिएफ च्याप्टर २ भारु सय करोडमाथिको लगानीमा निर्माण भएको हो । एजेन्सी

सम्बन्धित् समाचार