गृहपृष्ठ अन्तर्वार्ता राजाको स्वार्थले जन्मिएको धर्मले मान्छेलाई अधिनमा राख्यो, अब टेक्स्टचुअल हैन अब एक्चुअल शिक्षा जरुरी

राजाको स्वार्थले जन्मिएको धर्मले मान्छेलाई अधिनमा राख्यो, अब टेक्स्टचुअल हैन अब एक्चुअल शिक्षा जरुरी

तिम्रो कुनै पनि इच्छा पुरा गर्न भगवान छ, भगवानसँग डराउनु, तिमीले कुनै पनि गल्ती गर्यौ भने भगवान या सजाय दिन्छ कि माफ गर्छ ,यसरी भगवान भन्दै जाँदा मान्छेले विज्ञानको बाटो छाड्यो ।

प्रकाशित मिति:

मदन राई –धेरैलाई परिचित नाम हो । धेरै विषयमा बोल्न दखल राख्ने राई कृषि, राजनीति, समाज, विज्ञान, शिक्षा, यौन लगायतका विषयमा आफ्ना स्पष्ट धारणा राख्न सक्छन् । तिनै विचार मार्फत समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता बोकेका राई उमेरले ७२ वर्ष पुरा हुँदा पनि खुलेर बोल्छन् । जयदेशले यो पटक उनीसँगको भेटमा फरक तीन विषयमा कुरा गरेको छ । पहिलो खण्डमा हामीले उनलाई सिकाइ, हाम्रा अभ्यास र प्रणाली भित्र रहेर कुराकानी गर्यौं । कुराकानीको क्रममा धर्म, राजतन्त्र र किताबी शिक्षाका विरुद्धमा उनी धेरै खनिए । कुराकानीको विस्तृत विवरण संलग्न भिडियो लिंकमा छ । साथै कुराकानीका क्रममा उनले राखेको धारणाका सम्पादित अंशलाई पनि यहाँ समेटेका छौं :

पृथ्वीमा रहेका सजिव वस्तुमा मान्छे, पशुपन्छी, किटाणु सबै एउटै हुन् । मान्छेको रुपमा जन्म लिएपछि नमरुञ्जेलसम्म चुप लागेर बसे पनि केही न केही सिकेकै हुन्छ । हामीसँग भएका ज्ञानेन्द्रियहरुले हेरेर, सुँघेर, छामेर, स्वाद लिएर केही न केही सिकेको हुन्छ । अर्को तिर कर्म गर्ने अंगहरूले आफ्नै किसिमले काम गरिरहेका हुन्छन्, त्यसबाट पनि हामीले सिकिरहेका हुन्छौं , यसले के देखाउँछ भने सिकाइ अनन्त छ ।

जगत र जीवनको ज्ञान सिक्नको लागि मात्र समय खर्चनुपर्नेमा भगवान, धर्म र राजा तिर लाग्दा मान्छेमा डर, लाज, धक भरिएर मान्छे भ्रममा बाँच्यो ।

हामीले हाम्रा पुर्खाले सिकेको सिकाइलाई ग्रहण गर्दै आइरहेका हुन्छौं, ती कुनै राम्रा, कुनै नराम्रा सिकाइ पनि हुन्छन् । शासक (राजा) ले पण्डित र सामन्तसँग मिलेर आफ्नो स्वार्थ पुरा गर्नका लागि जनतालाई आफ्नो अधिनमा राख्नको निमित्त धर्मको विकास गरे । धर्ममा मुख्य पात्र भगवानलाई बनाए । तिम्रो कुनै पनि इच्छा पुरा गर्न भगवान छ, भगवानसँग डराउनु, तिमीले कुनै पनि गल्ती गर्यौ भने भगवान या सजाय दिन्छ कि माफ गर्छ ,यसरी भगवान भन्दै जाँदा मान्छेले विज्ञानको बाटो छाड्यो । आफ्नो जीवन र जगतको ज्ञान नै विज्ञान हो । ज्ञानेन्द्रिय र कर्मेन्द्रियको समष्ट रुप नै विज्ञान हो । जगत र जीवनको ज्ञान सिक्नको लागि मात्र समय खर्चनुपर्नेमा भगवान, धर्म र राजा तिर लाग्दा मान्छेमा डर, लाज, धक भरिएर मान्छे भ्रममा बाँच्यो ।

यो पनि पढ्नुहोस..  निष्पक्ष राष्ट्रप्रमुख भयो भने त्यसले राष्ट्रलाई सुरक्षा दिन सक्छ

नेपालमा पनि धर्ममा विश्वास गर्नेको संख्या बढी भयो । जुन देशमा धर्ममा विश्वास गर्नेको संख्या बढी हुन्छ, त्यस्तो देशमा दुःख बढी हुन्छ । जहाँ लोकतन्त्र हुन्छ, त्यस्तो देशमा धर्म धेरै मानिँदैन । युरोप, अमेरिकामा धर्म नमान्नेको संख्या बढ्दै छ । प्रविधिलाई मान्न थालेका छन्, त्यहाँ विज्ञानको विकास भएको छ ।

जन्म शुद्ध छ, खाली छ त्यसलाई भने कुरा गुरु, बाआमा, परिभेष, वातावरणले सिकाउने हो तर सिकाइको अवसर र संभावनालाई सिमित गराइएको छ ।

सिक्ने कुरा सिकाउने को हो भन्नेमा पनि भर पर्छ । सिकाउने भनेको, गुरु र बाआमा हो । तिनले कति जानेका छन्, त्यही हामीलाई सिकाउने हुन्, सिकाइ त्यसमा भर पर्ने कुरा हो । सिक्ने मान्छे त आफैमा रित्तो हुन्छ । यसरी सिकाउनेले जे सिकेको छ, त्यही सिकाउने हो, जे सिकाउने बाट सिकिन्छ, त्यही गर्ने हो । नेपालमा पुर्खाले धर्म, राजा, मन्दिर तिनै जानेका थिए, त्यही सिकाए । त्यसमै विश्वास गरे सबै पुग्छ भनेरै हजारौं पुस्ता गइसके । बाआमाले जान्नुपर्ने कुरा जीवन र जगतको ज्ञान महत्वपूर्ण हुन्छ । यति ज्ञान भएपछि न गरिब हुन्छ न दुःखी हुन्छ , सुखी र समृद्ध हुन्छ । अहिलेको समाजले धर्मलाई नै अगाडि बढाउँदै गएमा धर्मकै कारण ठूला हिंसा द्वन्दको सिर्जना हुने निश्चित छ । अब आर्थिक युद्ध हुँदैन अब हुने भनेकै धार्मिक युद्ध नै हो ।

यो पनि पढ्नुहोस..  कथित विघटन मान्दैनौं, संसद आफ्नो पुरा कार्यकाल चल्छ : नेता श्रेष्ठ

जन्म शुद्ध छ, खाली छ त्यसलाई भने कुरा गुरु, बाआमा, परिभेष, वातावरणले सिकाउने हो तर सिकाइको अवसर र संभावनालाई सिमित गराइएको छ । अहिले हाम्रो सिकाइ हामीलाई सर्वस्व दिन सक्ने कृषिलाई छाडेर खाडीमा श्रम खर्चन बाध्य पारिएको छ , यो सिकाइको कमी हो । अवस्था झनै खतरनाक छ, अहिले खाडीमा जाने अधिकांश भनेका युवा हुन् । उनीहरूकै सोंच पनि आफ्नो सन्तान किताब घोकेर जान्ने मान्छे होस् र सरकारी जागिरे बनोस् मात्र छ । आफू खाडीमा जीवन सिद्धाउने यता परिवार सबैलाई आश्रित बनाएर सुख सुविधाका नाममा हाम्रो हजारौं वर्ष देखिको कृषि प्रविधि नै तहसनहस बन्ने मात्र भएको छ ।

राजाले धर्मको विकास गरेर भगवानको परिकल्पना गरेर जनतामा लादेको हो । यसको विरुद्धमा हामी टेक्स्टचुअल (किताब) हैन एक्चुअल (व्यावहारिक) सिकाइको विकास गर्नुपर्छ । वनस्पति किताबमा पढ्ने कुरा होइन किताबमा भएका अक्षर खान मिल्दैन । वनस्पति खनेर, जोतेर उमार्ने हो, यसलाई यसै किसिमको शिक्षा दिनुपर्छ । यसले खान पनि दिन्छ, शारीरिक व्यामले स्वस्थ पनि राख्छ ।

अबको प्रतिस्पर्धा अमेरिका र नेपालको हैन, अमेरिकाका नागरिक र नेपालका नागरिकबीचको प्रतिस्पर्धा हो । जनसंख्या देश अनुसार धेरै थोरै होला त्यसले अर्थ राख्दैन, अबको प्रतिस्पर्धा व्यक्ति व्यक्तिको हो ।

किताब पढेर मात्र अर्थ छैन, मैले किताब पढेर मात्र केही हुँदैन भनेर भोगेकोले भन्दैछु, ‘अबको आवश्यकता जीवनमुखी, काममुखी, अर्थतन्त्रमुखी, उत्पादनमुखी र वातावरणमुखी शिक्षाको आवश्यकता हो । अहिले जे गरिरहेका छौं, शिक्षालाई त्यसको ठिक उल्टो बनाउनुपर्छ ।

यो पनि पढ्नुहोस..  ‘अब म यस्तो हुन दिन्नँ !’

अहिलेको विश्वसँग जुध्नलाई साह्रै गाह्रो पनि छैन । भए भरका सीप र प्रविधिलाई साट्न, बाँड्न, हस्तान्त्रण गर्न प्रविधिले सहज बनाएको छ । राम्रो शिक्षा दिने हो भने विश्वका विकशित भनिएका मुलुकका बच्चालाई पनि हाम्रो बच्चाले जित्नसक्छ । प्रविधिको पहुँच सबैलाई बराबर छ । अबको प्रतिस्पर्धा अमेरिका र नेपालको हैन, अमेरिकाका नागरिक र नेपालका नागरिकबीचको प्रतिस्पर्धा हो । जनसंख्या देश अनुसार धेरै थोरै होला त्यसले अर्थ राख्दैन, अबको प्रतिस्पर्धा व्यक्ति व्यक्तिको हो ।
राजा आउ देश बचाउ, फलानो जिन्दावाद, मुर्दावाद भनेर कहीँ पुगिँदैन । राज्य संयन्त्रले प्रभावकारी नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक पर्छ । तर, अहिले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीकरणका कुरा गरिएकाछन्, त्यसको कार्यान्वयन भएको छैन । त्यसलाई बनाउनेले नै बुझेका छैनन्, उल्टो भएकै व्यवस्थालाई पनि भत्काउने बाटोमा छन् । यसका विरुद्धमा कोही बोल्छ, उसको अधिकार होला तर, साँच्चिकै यसलाई भत्किने अवस्था आए, म बुढोले पनि हतियार उठाउँछु । अहिले यो व्यवस्था संक्रमण अवस्थामा छ । व्यवस्था परिवर्तनका लागि यो उपयुक्त समय पनि हो ।

सम्बन्धित् समाचार