गृहपृष्ठ रोजगार नारायाणकाजीको प्रश्न : आफ्नो सम्पत्ति अरुलाई दिने भनेर वकपत्र गरेको फेला पार्यो भने त्यसले मारेर दिने भन्ने अर्थ लाग्छ ?’

नारायाणकाजीको प्रश्न : आफ्नो सम्पत्ति अरुलाई दिने भनेर वकपत्र गरेको फेला पार्यो भने त्यसले मारेर दिने भन्ने अर्थ लाग्छ ?’

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रिस सभा सदस्य तथा नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामान्य अक्षर पढ्न सक्ने जो कोहीले संविधानमा संसद विघटन गर्न नसक्ने व्यवस्था भएको बुझ्न सक्ने अवस्थाको विपरित प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै श्रेष्ठले हुँदै नभएको व्यवस्थाको प्रयोग गर्दै संविधान माथि घात गरेर संविधान सभा विघटन गरिएको बताए ।

‘अहिलेको संविधानको कुनै पनि धाराले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन । कुनै मान्छेले सेख पछि आफ्नो सम्पत्ति अरुलाई दिने भनेर वकपत्र गरेको फेला पार्यो भने त्यसले मारेर दिने भन्ने अर्थ लाग्छ ?’ उनले भने, ‘त्यस कारण यो पूर्णरुपमा असंवैधानिक छ । केहीले राजनैतिक वाध्यता कारण देखाएको भन्दै कसैको वाध्यताले संविधान मिच्न नपाइने बताए । यस्तो तर्कले राजनीतिक उपलब्धी माथि आक्रमण गर्छ ।’

सम्बन्धित् समाचार