गृहपृष्ठ गण्डकी पत्रकार महासङ्घ बागलुङका अध्यक्ष शिरीष सम्मानित

पत्रकार महासङ्घ बागलुङका अध्यक्ष शिरीष सम्मानित

प्रकाशित मिति:

बागलुङ–नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष सम्मानित भएका छन् । गुहेली सञ्चार सहकारी संस्था लिमिटेडमा स्थापित ‘कला–गौरी स्मृति सम्मान’बाट शिरीष सम्मानित भएका हुन्। सहकारीको १४औँ वार्षिक साधारणसभामा आज काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले शिरीषलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

पत्रकारिता र महासङ्घको संस्थागत विकासमा योगदान पु¥याएवापत शिरीषलाई सम्मान गरिएको सहकारीका अध्यक्ष खिम कार्कीले बताए। शिरीष अन्नपूर्ण पोष्ट दैनिक र बागलुङबाट प्रकाशित हुने धवलागिरि जागरण दैनिकमा कार्यरत छन् । सम्मानले कार्यक्षेत्रमा थप सक्रियताका साथ लाग्न प्रेरित गरेको शिरीषले बताए ।

सम्बन्धित् समाचार