Saturday, July 24, 2021

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपिओ बाँडफाँड भएको छ ।

कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा शुक्रबार भएको बाँडफाँडमा २ लाख ७३ हजारजना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन् । ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खाली भएको छ ।

सानिमा इन्स्योरेन्सको आइपिओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपिओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

आइपिओमा ८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपूर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो ।

कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं