Saturday, July 24, 2021

नेकपा कर्णालीको विवाद उत्कर्षमा, मुख्यमन्त्रीले हटाए प्रमुख सचेतक

काठमाडौं । कर्णाली प्रदेशको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सदीय दलका प्रमुख सचेतक गुलाफजङ शाहलाई जिम्मेवारीबाट हटाएका छन् ।

मुख्यमन्त्री शाहीले सोमबार प्रमुख सचेतकबाट शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेको पत्र थमाएको एक सांसदले बताए । नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको छ ।

आइतबार मात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं